बैशाख ३०, २०८२ मंगलबार

झोँकको राजनीति नगर

सम्पादकीय
निर्वाचन आयोगको कार्यतालिका अनुसार बैशाख ११ र १२ उम्मेद्वार मनोनयन भइरहेको छ । पहिलो दिन नगरेका उम्मेद्वारहरुले आज मनोनयन दर्ता गर्दैछन् । आज दिनभर मनोनयन दर्ता गर्नेहरु आगामी ३० गते हुने स्थानीय तहको चुनावी मैदानमा सहभागी हुनेछन् । केहि समयदेखि उम्मेद्वार छनौटको चटारो थियो । आम मतदातालाई को उम्मेद्वार बन्ने हुन् भन्ने जिज्ञासा थियो । त्यसको समाधान हिजोदेखि शुरु भएको मनोनय र आज दिनभर हुने मनोनयनले समाधान गर्दैछ । अब सबैको ध्यान कसले चुनाव जित्छ भन्नेमा हुनेछ ।

मनोनयन दर्ताको प्रक्रिया शुरु भएपछि दलहरुमा राजीनामाको श्रृङ्खला शुरु भएको छ । मनोनयन दर्ता अगावै देखि शुरु भएको राजीनामा श्रृङ्खला झनै बढेर गएको छ । कार्यकर्ताहरु धमाधम राजीनामा दिन थालेका छन् । चुनावकोे मुखमा राजीनामा दिने विषय कुनै पनि राजनीतिक दलका लागि क्षतिको विषय हो । दलहरुले यसलाई अवश्य पनि सामान्य लिएका छैनन् । दलहरुले क्षति कम गर्नुपर्ने समयमै ठुलो क्षति व्यहोर्नु परेको छ । राजीनामा दिएको केहि घटनाहरु हेर्दा नेतृत्वकै कमजोरी पनि देखिन्छ ।

कतिपय अवस्थमा नेतृत्वले उम्मेद्वार छनौटमा ध्यान नदिएका कारण असल कार्यकर्ताहरु सवक सिकाउन चहान्छन् । तर, पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाइरहेको व्यक्तिले टिकट नपाएको खण्डमा राजीनामा दिनु राजनीतिक बुझाईको कमजोरी हो । जनताले केहि नपाउँदा भइरहेको छ । नेताले एउटा टिकट नपाउँदा अग्रता प्रदर्शन गर्नुको तुक हुदैन । पार्टीमा जिम्मेवार व्यक्तिले पार्टीमै जिम्मेवारी पुरा गर्ने हो । कनकाईमा एमालेबाट टिकट नपाउने व्यक्ति राप्रपामा प्रवेश गरेर २४ घण्टामा मेयरको टिकट पाए । यो राजनीतिक अनुशासन होइन । यसैले राजनीतिमा झोँक देखाएर हुदैन । राजनीतिमा लागेर जनताको शोक र भोक नबुझ्नेहरु कहिल्यै नेता बन्न सक्दैनन् । नेतृत्वले पनि यसतर्फ ख्याल पुर्याउनुपर्छ ।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]