जेष्ठ ३, २०८२ शुक्रबार

बिवादै विवादपछि कांग्रेसका उम्मेदवारद्वारा मनोनयन दर्ता

बिर्तामोड । गठबन्धनमा भागवण्डा मिलाउन हम्मे भएको कांग्रेसलाई उम्मेद्वारी दर्तामा सकस भयो । उम्मेद्वार टुङ्गो लागेपछि पनि फाइल खोसाखोससम्मका घटना भएका छन् ।

समयमा उम्मेद्वार टुङ्गो लाग्न नसक्दा कार्यकर्तामा आक्रोस उत्पन्न भएको थियो । ढिलो गरी आएको टिकटमा उम्मेद्वारलाई सहजै दर्ता गर्न असहज भएको थियो । पार्टीभित्रै रोकछेक भएपछि मेचीनगर र अर्जुनधारामा तनाव नै भएको थियो ।

जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएको छ । पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार दर्ता गराएको नेपाली कांग्रेस झापाले जनाएको छ । सबै पालिका उपप्रमुख नेकपा (माओवादी केन्द्र) ले पाएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]