बाह्रदशीमा एमालेको घरदैलो अभियान जारी
बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सुर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेद्वारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् ।
मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेद्वारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई सक्रिय बनाएका छन् ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा शान्ता खरेल उम्मेद्वार बनेका छन् । उनीहरुले बाह्रदशी हरेक दृष्टिकोण पछि परेको भन्दै अबको नेतृत्व एमालेका उम्मेद्वारहरुले गर्ने बताएका छन् । बाह्रदशीको विकासलाई नमूना बनाएर देशभरमै उत्कृष्ट गाउँपालिका बनाउने योजनासहित उम्मेद्वारहरु मतदाता भेटघाटमा सक्रिय भएका छन् ।
उम्मेद्वारहरुले वडा नं. २ का मतदातालाई भेट गरिसकेका छन् भने अहिले वडा नं. ३ को घरदैलो अभियान जारी रहेको छ ।