सहारा नेपालको अध्यक्षमा हरि राजबंशी सर्बसम्मत
बिर्तामोड । नेपालकै सबैभन्दा धेरै सदस्य संख्या रहेको सहकारी सहारा नेपाल साकोसको अध्यक्षमा हरि बहादुर राजबंशी सर्बसम्मत भएका चयन भएका छन् । राजवंशी संविधानसभामा सदस्य हुन् ।
सोमवार सम्पन्न सहारा नेपाल साकोसको संचालक समिति र लेखा समितिको निर्वाचनमा अध्यक्ष पदमा राजवंंशी सर्बसम्मत चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा हरि निरौला, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्वितिय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्बर बहादुर देउजा, सहकोषाध्यक्षमा नेत्र बहादुर नेपाल र लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र प्रसाद ओली सर्वसम्मत चयन भएका हुन् ।
१५ सदस्यीय कार्यसमितिमा अन्य सदस्यहरु सर्बसम्मत गर्ने प्रक्रियामा रहेको छ । ४ वर्षे कार्यकालका लागि सहारामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
१ लाख ६० हजार सदस्य रहेको सहारा मुलुककै ठुलो सहकारीको रुपमा स्थापित भएको छ । १५ अर्व वासलात रहेको सहाराले साढे १३ अर्व कर्जा लगानी गरेको छ । साढे ९ अर्व बचत रहेको संस्थाको जगेडा तथा अन्य कोष १ अर्व २५ करोडको रहेको कार्यकारी प्रमुख मेहन्द्र गिरीले जानकारी दिए । सहाराले ६ जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।