जेष्ठ १, २०८२ बुधबार

आलमलाई थुनामुक्त गर्न अस्वीकार 

काठमाडौं । सर्वाेच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासको आदेशलाई सदर गर्दै आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

विंस २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मार्ने मुद्दाको अभियोग आलमलाई अदालतमा थुनामै राख्ने आदेश गरेको थियो । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्लाको उक्त आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सदर गरेपछि आलम थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेशलाई सदर गरेपछि आलमलाई थुनामै राख्नुपर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]