जेष्ठ १, २०८२ बुधबार

मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिदै

बिर्तामोड । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि लागि ७ सय ५३ स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसि क्यामेरा राख्न निर्देशन दिएको थियो । आयोगका अनुसार मतगणना स्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राख्न सिसि क्यामेरा राख्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहमा परिपत्र गरिसकेको छ ।
मत गणनाको समयमा कुनै विवाद आएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भएकोले समेत सिसि क्यामेराको प्रबन्ध गर्न निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

दुर्गम स्थानीय निकायमा इन्टरनेटको असुविधा र बजेटका कारण पनि शत प्रतिशत स्थानमा सिसि क्यामेरा जडान गर्न समस्या हुन सक्ने भन्दै आयोगले यथाशक्य सबै ठाउँमा सिसि क्यामेरा जडान गर्न निर्देशन दिएको शर्माले बताए ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]