बिर्तामोडमा मतदानस्थल र मतगणनास्थल तयार
बिर्तामोड । शुक्रवार (भोली) हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरण पुगेको छ । झापाको बिर्तामोडमा निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
बिर्तामोडमा १८ मतदान स्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिर्तामोड नगरपालिकाको प्राङ्गणसहित १८ स्थानमा मतदान स्थल तोकिएको छ ।

मतदानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको सहायक निर्वाचन अधिकृत जय तिम्सिनाले जानकारी दिए । उनका अनुसार आज बेलुकासम्म सबै मतदानस्थल पूर्ण रुपमा तयार हुनेछन् ।
यस्तै, मतदान पश्चात गणनाका लागि गणनास्थल पनि तयारी गरिएको तिम्सिनाले जानकारी दिए । बिर्तामोड नगरपालिकाको माथिल्लो सभाहलमा मतगणना हुने छ । सोही अनुसार आवश्यक तयारी गरिएको तिम्सिनाको भनाई छ । गणनास्थलमा ४ वटा सीसी क्यामेरा जडान गरिएका छन् भने बक्सा राख्ने कोठामा समेत सीसी क्यामेरा जडान गरिएको छ । उनका अनुसार बिर्तामोड नगरपालिकाको सभाहलमा ३ ठाउँ र आवश्यक परेको खण्डमा अर्को थप १ कोठा प्रयोग गर्ने तयारी गरिएको छ ।
बिर्तामोड नगरपालिकामा ५७ हजार ४ सय ९ जना मतदाता रहेका छन् । उनीहरुले यस पालिकामा प्रमुख÷उपप्रमुखसहित ५२ जनालाई निर्वाचित गर्नेछन् ।



