भद्रपुरमा बबाल, कांग्रेस उम्मेद्वारको घर घेराउ
बिर्तामोड । झापाको भद्रपुर–६ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले गाउँमा पैसा बाँडेको आरोपमा गाउँलेले घर घेराउ गरेका छन् । आज राती ९ बजे वडाध्यक्षका उम्मेद्वार रतिया राजवंशीसहितको टोलीले समूह–समूहमा पैसा बाँडेको भन्दै घर हालेका हुन् ।

गाउँलेले पैसा बाँडेको थाहा पाएर राजवंशीको घर पुग्नासाथ बाहिरबाट आएकाहरु भागेको प्रत्यक्षदर्शीहरुको भनाई छ । राजवंशीसहित कांग्रेसका नेताहरु राजवंशीकै घरभित्र बसेका छन् । पैसा बाँडेको भन्दै स्थानीयले घर घेरेपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।
स्थानीयले घरभित्रको अवस्था हेर्न पाउनुपर्ने माग गरेपनि प्रहरीले अवरोध गरिरहेको छ । प्रहरीले गाउँलेले गरेको माग अनुसार वडाध्यक्ष पदका उम्मेद्वार राजवंशीको घरभित्र प्रवेश गर्न नदिएपछि घम्साघम्सी भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । अहिले पनि अवस्था सामान्य बन्न सकिरहेको छैन ।
भिडियो हेर्नुहोस् : Click