झापामा ३ बजेसम्म ३ लाख २१ हजार मत खस्यो
बिर्तामोड । आज विहान ७ बजेदेखि शुरु भएको स्थानीय तह निर्वाचनमा ३ बजेसम्म ३ लाख २१ हजारले मतदान गरिसकेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सबै मतदान स्थलमा मतदान जारी छ ।

२८६ मतदानस्थल र ७५५ मतदान केन्द्रमा जारी मतदानमा मतदाताको उपस्थिति बाक्लो छ । झापामा विहानैदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए ।
१५ पालिकामा २९२६ जना उम्मेद्वार चुनावी मैदानमा छन् भने उनीहरुलाई ६ लाख ५० हजार २५८ जनाले मतदान गर्न पाउने छन् ।