जेष्ठ १, २०८२ बुधबार

लथालिङ्ग निर्वाचन

सम्पादकीय
शुक्रवार देशभर भएको स्थानीय तह निर्वाचन आंशिक रुपमा सफल भएको छ । पाँच वर्षका लागि जनप्रतिनिधि छान्नका मतदान गरिएको थियो । निर्वाचन आयोगका अनुसार कम्तिमा ६२ प्रतिशत मतदान भएको छ । मतदानमा अघिल्लो निर्वाचनभन्दा कम सहभागिता भयो । स्थानीय निर्वाचनमा आम मतदाताको उपस्थिति कमजोर देखियो । मुलुकको निर्वाचन प्रक्रियामा देखिएको लापरबाहीका कारण मतदाताको उत्साहपूर्ण सहभागिता हुन सकेन । जसका कारण अपेक्षाकृत मत खस्न सकेन ।

निर्वाचनमा मुख्य गरेर सुरक्षाको व्यवस्था बलियो हुनुपर्छ । तर, वर्तमान सरकारको कमजोर सुरक्षाका कारण अपेक्षाकृत मतदान भएन । देशभरका मतदाता त्रासका बिचमा मतदानमा सहभागी भएका थिए । मधेश प्रदेशसहित पश्चिमका केहि जिल्लामा सेना नै खटाउनु पर्ने अवस्था बन्यो । मतपेटिका लुटियो, तोडफोड गरियो, बुथ कब्जा समेत भयो । राजनीतिक दलहरुका बिच दुई पक्षीय भीडन्त समेत भएको घटनाहरु सार्वजनिक भएका छन् । सरकारले सुरक्षा प्रवन्धलाई फितलो बनायो । जसका कारण लापरबाहीपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको छ ।

सम्पन्न स्थानीय निर्वाचनले नेपालको निर्वाचन प्रणालीमाथि सुधारको संकेत गरेको छ । यसै प्रकारका निर्वाचन हुने हो भने निर्वाचनको मुख्य उद्देश्य अपुरो हुनेछ । अस्तव्यस्त ढंगबाट गरिएको निर्वाचनले सहि नतिजा पनि दिन सक्दैन । यसैले नेपालको निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने देखियो । कमजोर संरचनाका बिचमा हुने निर्वाचनमा ठुलो जोखिम हुन्छ । यसैले अब, नेपालमा पनि अन्तराष्ट्रिय अभ्यास गर्न अपरिहार्य छ । मतदाताको मत प्रभावित हुन नदिने र अर्थपूर्ण बनाउने हो भने नयाँ प्रणालीको खोजी जरुरी भयो । यो निर्वाचन अत्यन्तै कमजोर र वेथितीपूर्ण ढंगबाट सकिएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]