जेष्ठ १, २०८२ बुधबार

माओवादी केन्द्रलाई धोका

सम्पादकीय
तत्कालिन एमाले नेतृत्वको सरकारलाई परमादेशको माध्यमबाट हटाएपछि बनेको गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । केपी ओली सरकार ढालेर बनाइएको पाँच दलीय गठबन्धन एमाले विरुद्ध मिलेर स्थानीय चुनावमा सहभागी भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले पाइरहेको प्रारम्भिक नतिजाले विभिन्न विश्लेषण शुरु भइसकेको छ । नेपाली कांग्रेसले गठबन्धन गरेको अधिकांश ठाउँमा अग्रता हासिल गरिरहेको अवस्था छ । तर, गठबन्धनभित्रै रहेका अन्य दलहरुले प्राप्त गरिरहेको परिणाम सन्तोषजनक छैन ।

गठबन्धनमा कांग्रेसले प्राप्त गरेको मत र माओवादीले प्राप्त गरेको मतमा धेरै अन्तर भएको पाइएको छ । कांग्रेसका उम्मेद्वारहरुले पाइरहेको मत माओवादीले पाएको अवस्था छैन । यसले नेपाली कांग्रेसका कार्यकताले गठबन्धनको भावना अनुरुप मत नदिएको स्पष्ट छ । कांग्रेसले गठबन्धनमा पाएको मतका आधारमा ५० प्रतिशत मत पनि नपाएको अधिकांश पालिकाहरुको प्रारम्भिक विवरण छ । यसैले गठबन्धनलाई अब २० वर्षसम्म सँगै लैजान सकिन्छ कि सकिदैन भन्ने बारे बेलैमा समिक्षा गर्न जरुरी छ ।

झापामा मनोनयन दर्ताको अघिल्लो दिनसम्म गठबन्धनभित्र भागवण्डा मिलेको थिएन । भागवण्डापछि उम्मेद्वार चयनको विषयले गठबन्धनभित्र झनै झमेला आइलाग्यो । झापाको हकमा झण्डै गठबन्धन तोडिएको थियो । जिल्लामा लगभग माओवादी र कांग्रेसको मात्रै गठबन्धन भयो । एकीकृत समाजवादी र जसपा गठबन्धनबाट बाहिरिएका थिए । विभिन्न झमेलाका बिच झापामा भएको गठबन्धनले औषत रुपमा नेपाली कांग्रेसलाई फाइदा हुने प्रारम्भिक नतिजाले देखाएको छ । कांग्रेसले राम्रोसँग उपयोग गरेको माओवादी अन्ततः कमजोर बन्ने बाटोमा अघि बढिसकेको छ । पहिलो चरणमा आइरहेको नतिजाले माओवादीलाई कांग्रेसले नमिठो धोका दिएको दिएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]