बिर्तामोड २ मा एमालेको प्यानलै निर्वाचित
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
वडा नं. २ को अध्यक्षमा किशोर पौडेल निर्वाचित भएका छन् । महिला सदस्यमा तिला गौतम, दलित महिला सदस्यमा शर्मिला त्रिखत्री र दुई खुल्ला सदसस्यमा ओमनाथ गौतम र चेतन विमली निर्वाचित भएका छन् । वडाध्यक्ष पौडेलले गठबन्धनका धर्म लक्सम्बालाई पराजित गरेका हुन् ।
निर्वाचित पौडेलले २०२१ मत प्राप्त गरे भने गठबनधनका उम्मेद्वारले १२३० र राप्रपाका उम्मेद्वारले १३६२ मत प्राप्त गरेका थिए । २ मा गठबन्धनभन्दा राप्रपा बलियो देखिएको छ ।