सुरुङ्गामा खुल्यो सुविधा सम्पन्न शुभम् श्री हस्पिटल
सुरुङ्गा । सुरुङ्गामा सुभम श्री हस्पिटल संचालनमा आएको छ । झापाका युवाहरुको संयुक्त लगानीमा अस्पताल सञ्चालनमा आएको हो ।
स्वास्थ्यकर्मी शम्भु शाह, अनिल शर्मा, अशोक शर्मा र प्रकाश भण्डारीको समुहले आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल सुरुङ्गामा संचालनमा ल्याएका हुन् ।

अस्पतालको विशेष कार्यक्रमका विच शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम डा.पारस कोइरालाले अस्पतालको उदघाटन गरेका हुन् । सो अवसरमा विभिन्न रोगी विरामीहरुको निशुल्क चेकजाँच र परीक्षण समेत गरिएको थियो ।
जसमा नेपाल तथा छिमेकी देश भारतका समेत गरि १७३ जना रोगीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका संचालक शम्भु शाहले बताए । अस्पतालले चौविसै घण्टा विशेषज्ञहरुको सेवा दिनुको साथै बेडभर्ना र रगत लगायातका सबै स्वास्थ्य जाँच गर्नेछ । ल्याव सेवाहरु समेत अत्याधुनिक एनालाइजरबाट परीक्षण गरिने अस्पतालका संचालक तथा व्यवस्थापक अनिल शर्माले जानकारी दिए ।
सुरुङ्गास्थित झापा रोडमा संचालनमा आएको उक्त अस्पतालमा हाल विशेषज्ञ डाक्टरहरु मुटुरोग विशेषज्ञ डा.पारस कोइरालासहित अस्पतालमा वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण शाह, हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रकाशकुमार श्रेष्ठ, छाला यौन रोगका डा. असित घिमिरे, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर विपिन कोइराला, महिला रोग विशेषज्ञ डा. ममता राजवंशी, टाउको तथा नसारोग विशेषज्ञ डा.डिल्लीराम काफ्ले, प्रेसर तथा मुटुरोग विशेषज्ञ डाक्टर पारस कोइराला, डाइबिटिज तथा थाइराईड रोग विशेषज्ञ डा. प्रताव राय, बाल रोग विशेषज्ञ डा. सत्यनारायण चौधरी, चिरफार विशेषज्ञ डा.चन्दनमोहन शाह लगायतले सेवा प्रदान गर्ने छन् ।
२०६९ सालदेखि कनकाई सुरुङ्गामा सुभम मेडिसिन सेन्टरका नामले परिचित यसलाई सेवा विस्तार गर्दै हस्पिटलका रुपमाा संचालनमा ल्याएसगै सुरुङ्गा र यस आसपास शिवसताक्षी नगरपालिका , बाह्रदशी गाउँपालिका कनकाईका सबै वार्ड, झापा गाउँपालिका र छिमेकी देश भारतको विहार राज्यका नागरिकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ ।