सार्वजनिक यातायातको भाडा वृद्धि
काठमाडौं । केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि भएको थियो । अब सार्वजनिक यातायातको भाडा पनि त्यसरी नै वृद्धि हुने भएको छ । सरकारले भोलिबाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।
स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।
आज यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५।१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३।५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४।६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।
सकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो । अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।