शिवसताक्षी ५ मा एमालेको प्यानल निर्वाचित
बिर्तामोड । झापाको शिवसताक्षी –५ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा नं. ५ को वडाध्यक्षमा सिकिन पासवानसहित एमालेको प्यानल निर्वाचि भएको हो ।

वडाको महिला सदस्यमा यशोदा विमली, दलित महिला सदस्य रिमाकुमारी विश्वकर्मा, दुई खुल्ला सदस्यमा विमल कुमार न्यौपाने र पूर्णप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
पासवान पूर्व विधार्थी नेता हुन् भने प्रतिनिधिसभा सदस्य एलपी साँवाको सचिवालयमा रहेर काम गर्दै आएका थिए ।