अर्जुनधारा ७ र ८ मा तीन दशकपछि एमालेको जीत
बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा कुमार उप्रेती निर्वाचित भएका छन् । नेपाली कांग्रेसको गढमा वडाध्यक्ष् र ३ सदस्य एमालेबाट निर्वाचित भएका छन् । महिला सदस्यको उम्मेद्वार सरु बुढाथोकी कांग्रेसबाट निर्वाचित भएकी छन् ।

सदस्यहरु एमालेका उम्मेद्वार मनोज थापा, ऋषिप्रसाद घिमिरे, जानुका रसाईली र कांग्रेसको सदस्यको उम्मेद्वार बुढाथोकी निर्वाचित भएका हुन् ।
यस्तै, अर्जुनधारा ७ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । सो वडाको वडाध्यक्षमा गोविन्द खतिवडा, महिला सदस्यमा पार्वतादेवि न्यौपाने (भट्टराई) , दलित महिला सदस्यमा जानुका विश्वकर्मा, दुई खुल्ला सदस्यमा हरि बहादुर कटुलावाल निर्वाचित भएका छन् ।
दुवै वडामा नेपाली कांग्रेस ३० वर्षदेखि पराजित गर्दै आएको थियो । तीन दशकपछि कांग्रेसका दुवै गढ एमालेले भत्काएको छ ।