गौरादह ७ को वडाध्यक्षमा एमालेका खरेल निर्वाचित, घोषणापछि कांग्रेसको लफडा
गौरादह । निर्वाचन अधिकृतको कार्यालय गौरादहले वडा नं. ७ मा बलराम खरेल वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको छ । एमालेका उम्मेद्वार खरेलले १०२० मत प्राप्त गर्दै खरेल विजयी भएका हुन् । कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वारले १०१९ मत प्राप्त गर्दै राजित भएका हुन् । कांगे्रसका उम्मेद्वार १ मतले पराजित भएका छन् ।

वडा नं. ७ मा नेपाली कांग्रेसले एमालेको जीतलाई स्वीकार नगर्न बहानाबाजी शुरु गरेको छ । निर्वाचन कार्यालयको तर्फबाट १ मतले एमालेका वडाध्यक्षको उम्मेद्वार खरेल निर्वाचित भएको घोषणा गरिसकिएको छ ।
अन्तिम मत परिणाम सार्वजनिक गर्नुभन्दा पहिले कांग्रेस र एमालेका उम्मेद्वार ९९१-९९१ मत प्राप्त गरिएको सार्वजनिक गरिएको थियो । त्यसपछिको अन्तिम मत परिणाम सार्वजनिक गर्दा एमालेले २९ र कांग्रेसले २८ मत प्राप्त गरेपछि एमाले विजयी भएको घोषणा गरिएको थियो ।
घोषणाको केहिवेरमा कांग्रेसले पराजय स्वीकार गर्न नसकेपछि पुनःमतगणनाको अड्को थापेको छ । परिणाम सार्वजनिक भएपछि कांग्रेसको पत्र दर्ता गरिएको छ । केहि दिनअघि निर्वाचन आयोगले हार्ने भएपछि समस्या सिर्जना नगर्न दलहरुलाई आग्रह समेत गरेको थियो ।