बिर्तामोडका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण
बिर्तामोड । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरि आज प्रमाणपत्र बितरण गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारी दिएका उनीहरु बिर्तामोडबासीबाट अनुमोदित भएपछि निर्वाचन अधिकृतको कार्यलयले प्रमाणपत्र हस्तान्तरण ग्रेको हो ।

बिर्तामोडका निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्ले, बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेले प्रमुख पबित्रा महतरा ,उपप्रमुख नगेन्द्र सङ्रौलासहित वडाध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा प्रमुख महतराले निर्वाचन कार्यक्रम सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले सबै जनप्रतिनिधिलाई जनताको सेवक भएर काम गर्न आग्रह गरिन ।













