दलदेखि माथि उठेर काम गर्नेछु : प्रमुख सुवेदी
गौरादह । गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दलभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भए पनि अब नगरको विकासका लागि सबै पक्षको नगर प्रमुख भएको बताएका छन् । सुवेदीले निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति आभार प्रकट गरेका छन् ।
रोजगारी, स्वास्थ्य, शिक्षाका लागि अहोरात्र खटेर सबैको सल्लाह सुझाव सहितअघि बढ्ने छु, सुवेदीले भने, निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति कृतज्ञता प्रकट गर्दछु । सुवेदीले भनेका छन्, हिजोसम्म कुनै एउटा दलको उम्मेद्वार भएपनि अब बिजय भए पश्चात सबै नगरबासीको नगर प्रमुखको हैसियतमा छु, मैले काम गर्दा सम्पूर्णलाई दलदेखि माथि उठेर काम गर्नेछु । सुवेदीले सदैव गौरादहबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।