जेष्ठ २, २०८२ बिहीबार

होटलहरूका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ । 

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । 

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन शाहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ । 

त्यसअघि पदभार ग्रहण गर्दै मेयर साहले बैठक लाइभ गर्ने निर्णय गरेका थिए । 

प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]