बिर्तामोडका जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम
बिर्तामोड । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम देखि शुरु भएको छ ।

व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन सम्वन्धी तालिम शुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरिएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।
तालिममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गरिरहेका छन् ।