बिर्तामोडमा एक व्यापारीमाथि हमला
बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यापारीमाथि हमला भएको छ । अज्ञात समूहले साँझ ७ बजेतिर व्यापारीमाथि हमला गरी कुटपिट गरेको हो । कुटपिटबाट व्यापारीको टाउकोमा चोट लागेको छ ।
पसल बन्द गरेर घर तर्फ जाँदै गर्दा उनीमाथि हमला भएको हो । भद्रपुर रोडबाट घर तर्फ जाँदै गर्दा उनीमाथि हमला भएको बुझिएको छ । उनले आफ्नो पहिचान नखुलाउन आग्रह गरेका छन् ।

उनीमाथि हमला भएपछि प्रहरीले घटनाबारे मुचुल्का उठाएर अनुसन्धान थालेको छ । बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले घटनामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार व्यापारीमाथि एक जना युवाले हमला गरेको सूचना आएको छ । हामी खोजतलासमा छौं, उनले भने ।