कनकाई उधोग वाणिज्य संघको वैधानिकतामाथि प्रश्न उठ्यो
बिर्तामोड । कनकाई उधोग वाणिज्य संघको वैधानिकतामाथि व्यवसायीहरुले प्रश्न उठाएका छन् । निर्वाचन सकिएको ४५ दिनभित्र निर्वाचन कार्यक्रम सम्पन्न गर्नुपर्ने व्यवस्था भएपनि ९० दिनसम्म सपथ समेत गराइएको छैन । सपथ नगराएपनि पदाधिकारीहरु औपचारिक कार्यक्रमहरुमा संघको प्रतिनिधित्व गर्दै सहभागी भइरहेका छन् ।
कनकाई उधोग वाणिज्य संघको कानुनी र व्यवहारिक रुपमा वैधता सकिएको भन्दै कनकाई उद्योग वाणिज्य संघको निर्वाचन समितिलाई बाटो खोल्न सदस्यहरुले निवेदन दिएका छन् । उनीहरुले वैधतामाथि प्रश्न उठाउदै निवेदन दिएका हुन् ।

दुई चरणमा गरेर ५५ सदस्यीय कनकाई उद्योग वाणिज्य संघका सदस्यहरुद्धारा निर्वाचन समितिमा नयाँ समिति चुनिएको थियो । त्यसको ४५ दिनसम्ममा पदस्थापना भइसक्नुपर्ने व्यवस्था भएपनि ९० दिन वितिसक्दा समेत पदस्थापन नहुँदा उद्योगी व्यवसायीका समस्या समाधान र दैनिक काम कार्वाहीमा समस्या भएको भन्दै निर्वाचन समितिलाई मार्ग प्रशस्त गर्न निवेदन मार्फत आग्रह गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार सम्पन्न गर्नुपर्ने काम नसकिएपछि व्यवसायीहरुले नै वैधानिकतामाथि प्रश्न उठाएको कनकाई उद्योग वाणिज्य संघका निर्वाचन समिति संयोजक प्रकाश चुडालले जानकारी दिए । कानुनी रुपमा निर्वाचन समिति व्यवसायीले वैधानिकताको प्रश्न उठाउनु स्वभाविक भएको भन्दे चुडालले भने, निर्वाचन समिति कानुनी रुपमा तल परिसकेको छ । उनले यसको समाधानका लागि समन्वय भइरहेको जानकारी दिए ।
नवनिर्वाचित कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले नेतृत्व कै कारण ढिलाइ भएको स्वीकार गरेका छन् । उनले भने, हाम्रै कारणले सपथ ग्रहणमा ढिलाई भएको हो ।
निर्वाचन सकेको ३ दिनदेखि पटक–पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दा कार्यसमितिलेको वेवास्थाका कारण सपथग्रण हुन नसकेको बताइएको छ ।