जेष्ठ १, २०८२ बुधबार

सकारात्मक सुरुआत

सम्पादकीय
झापाको बिर्तामोडमा सार्वजनिक शौचालयको अभाव कसरी समाधान गर्ने विषयमा बहस भइरहेको बेला निजी क्षेत्रबाट सहयोगको सुरुआत हुन थालेको छ । जिल्लाको मुख्य बजारमा सार्वजनिक शौचालय नहुँदा यहाँ विभिन्न कामले आउने सर्वसाधारण नागरिक आपतमा पर्ने गरेका छन् । कसैको घरमा प्रवेश गरेर शौच गर्ने कुरै रहेन । व्यापारीलाई शौचालय सोध्यो भने छैन भन्दै फर्काउने गरेका छन् । कसैलाई आपत्तै पर्यो भने व्यापारीसँग केहि सामान खरिद गरेर सोही बेला शौचालय प्रयोग गर्न सकिन्छ । व्यापारीमा सामाजिक किसिमको भावना कमै हुन्छ । त्यसले पनि सेवामा अगाडि पर्दैनन् ।

बिर्तामोडमा शिखर सहकारीले सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने जानकारी गराइसकेको छ । यस्तै, बिर्तामोडकै पश्चिम बस स्टेण्ड नजिकै रहेको सिपी होटलले पनि शौचालय सबैलाई प्रयोग गर्न दिन घोषणा गरेको छ । सिपी होटलले व्यानर नै राखेर शौचालय प्रयोगका लागि खुला गरिसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रभावले यहाँका व्यवसायीले सकारात्मक पहल शुरु गरेका छन् । उनीहरुको सकारात्मक सुरुआतले सबैको आँखा खोल्ने छ ।

बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या नयाँ होइन । वर्षौ पुरानो समस्याका रुपमा रहेको सार्वजनिक शौचालय व्यवस्थापनमा निजी क्षेत्रमा सहयोग छैन । नगरपालिकाले बिर्तामोडमा शौचालय राख्नलाई गरेको हरेक प्रयासमा निजी क्षेत्रको सहयोग शुन्य जस्तै छ । यहाँको निजी क्षेत्रको नेतृत्वदायी संस्था बिर्तामोड उधोग वाणिज्य संघ औचित्यहिन जस्तै भइसकेको छ । यहाँ वाणिज्य संघले आफ्नो सामाजिक योगदानलाई भुलेको पाइन्छ । यसैले केहि व्यवसायीबाट शुरु भएको कामलाई सहयोग गर्दै विस्तारका लागि सबैले योगदान गरौं । लहडमा चर्चा कमाउन भन्दा पनि यसको दिगोपनालाई पनि ख्याल गरौं । फेरि, पनि दीर्घकालिन समाधानका लागि सबैको सहयोग खाँचो छदैछ ।

प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]