जेष्ठ ३, २०८२ शुक्रबार

झापासहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

बिर्तामोड । सरकारले झापासहित २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ ।
झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली , मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा महोत्तरी, नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा कोरोनाविरुद्धको खोप लगाइने भएको हो । त्यसपछि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई खोप दिइने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]