जेष्ठ १, २०८२ बुधबार

जनप्रतिनिधिलाई नअल्मलाऊ

सम्पादकीय
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु अझै काममा लाग्न पाइरहेका छैनन् । उनीहरुलाई सामाजिक संघ संस्थाहरुले सम्मान कार्यक्रममा निम्ता गरिरहेका कारण जमेर काम गर्न सकिरहेका छैनन् । जनताले जित्ने गरी भोट दिनुभन्दा ठुलो अर्को सम्मान के नै हुन्छ र ? त्यै पनि मन सन्तोकका लागि सम्मान कार्यक्रमको बाढी छ । सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुको दौड पनि उस्तै छ । सम्मान गर्नेहरुले ठुलो कार्यक्रम आयोजना गरेर धेरै समय अल्मल्याउने भन्दा पनि कार्यालय मै पुगेर शुभकामना दिनु प्रभावकारी हुने देखिन्छ ।

विविध कारणले समय दिन नसक्ने परिस्थितिका कारण जनप्रतिनिधिहरुले जनताको काममा समय दिन सकिरहेका हुदैनन् । यसैले समयको जोहोका लागि पनि सबै संघ संस्थाले बुझिदिन आवश्यक छ । स्थानीय तहको निर्वाचन नयाँ आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउने बेला भएको छ । भर्खरै पद बहाली भएका जनप्रतिनिधिहरुलाई अल्मल्याउनु भनेको नागरिक कै तर्फबाट त्रुटि हो । त्रुटि गरेर समय बर्बादी गरिदिनु भन्दा नीति कार्यक्रम निर्माणका लागि पर्याप्त समय दिन ठिक हुनेछ ।

जनप्रतिनिधिहरुले बजेट , नीति तथा कार्यक्रम निर्माणमा पर्याप्त छलफल गरेर नयाँ आर्थिक वर्षको कार्यक्रम तयारी गर्नुपर्छ । संघ संस्थाले उपलब्धीहीन कार्यक्रम आयोजना गर्नुको बदलामा नीति तथा कार्यक्रम निर्माणको सन्दर्भमा सूझाव दिने समय निकाल्नु राम्रो हो । यसैले जनप्रतिनिधिहरुलाई भुल्याउने चेष्टा कतैबाट पनि नगरौं । सबै नागरिकका लागि जनप्रतिनिधिहरु समान हो । एउटा सामान्य काम लिएर जाँदा पनि लामो अल्मलाई दिने कुराले जनप्रतिनिधिलाई काममा असर गर्नेछ । यसैले उनीहरुलाई काम गर्ने सवालमा सहयोग गरौं । आफै काम गर्न नदिने हो भने फेरि पनि पाँच वर्ष यत्तिकै वित्ने छ । समय मै ख्याल गरौं ।

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]