झापामा उत्पीडित विधार्थीको सम्मेलन आयोजक कमिटी गठन
बिर्तामोड । झापामा दलित समुदायका विधार्थीहरु संगठित भएका छन् । झापाको बिर्तामोडमा आयोजित जिल्ला स्तरीय भेलाबाट नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठनको सम्मेलन आयोजक कमिटी गठन गरिएको हो ।
निर्मल लाम्गादेको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा रमेश परियार, सचिव अनिता खाती, सहसचिव अनुप सासंकर र कोषाध्यक्षमा प्रतिका परियार चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा अभिशेक सार्की,दिपेश दर्जी, प्रतिक्षा शंकर, मेदनी रम्तेल, सोनी सार्की, झुमा बोगटी, मुनाल बोगटी, रेजिना गन्दर्भ, पूर्णिमा गन्दर्भ, देवी सेन्चुरी, सुरज वि.क., आशिका भण्डारी दर्जी, शिवशंकर राम, सुमित रसाइली, प्रनिश रसाइली र एलिसा विशुंके चयन भएका छन् ।
उत्पीडित विधार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका पूर्व अध्यक्ष प्रदीप परियार, केन्द्रीय सदस्य निता घतानी, युवा संघका झापा संयोजक सागर पोर्तेल, अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दलित समुदायका विद्यार्थी र उत्पीडनका विरुद्ध आवाज उठाउदै आएको विद्यार्थी संगठनको आवश्यकता, औचित्यका बारेमा केन्द्रीय अध्यक्ष मंग्रातीले प्रष्टाएका थिए ।
यस्तै, आसन्न मुक्ति समाज झापाको जिल्ला अधिवेशनका लागि विद्यार्थीबाट ११ जना प्रतिनिधि छनौट गरिएको संयोजक लाम्गादेले जानकारी दिए । मुक्ति समाजको अधिवेशनपछि विधार्थीको सम्मेलन तयारी गरिने उनको भनाई छ ।