जेष्ठ ३, २०८२ शुक्रबार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।

यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि गरिएको छ । विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]