जेष्ठ ३, २०८२ शुक्रबार

कर्णालीका पदाधिकारी सवार स्करपियो दुर्घटना, उपाध्यक्ष खरेलको मृत्यू

बिर्तामोड । सवारी दुर्घटनामा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष इश्वरी प्रसाद खरेलको मृत्यू भएको छ । कर्णालीका पदाधिकारी सवार गाडी इलामको हर्कटेमा दुर्घटना हुँदा उपाध्यक्ष खरेलको मृत्यू भएको कर्मचारी तारा राईले जानकारी दिए ।

उनका अनुसार कर्णाली साकोसका पदाधिकारी चढेको स्करपियो बिर्तामोडबाट इलाम तर्फ जादै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको थियो ।

दुर्घटनामा परी सहकारीका अन्य पदाधिकारीहरु समेत घाइते भएका छन् । सबैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । अपडेट

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]