जेष्ठ ३, २०८२ शुक्रबार

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

भक्तपुर- भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]