जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोडको विकासमा सहयोग गर्न तयार छु : भट्टराई

बिर्तामोड । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई नगरपालिका मै उपस्थित भई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराइन् । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने बताएका छन् ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]