बैशाख २७, २०८२ शनिबार

मेचीनगरबाट दुई ब्राउन सुगर कारोवारी पक्राउ

बिर्तामोड । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआली झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचेलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिली ग्राम ब्राउन सुगर, नगद ७३ हजार, एउटा मोबाइल र डिजिटल मिनी तराजु फेला परेको थियो ।

मेचेसँगै रहेको सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]