वर्षाका कारण हल्दिवारीमा पठनपाठन बन्द
बिर्तामोड । हल्दिवारी गाउँपालिकाले सामुदायिक विधालय तथा संस्थागत विधालयको पठनपाठन तत्काललाई बन्द गरेको छ । वर्षाका कारण पठनपाठन बन्द गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए ।

गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण अधिकांश बाटो, पुलपुलेसा डुवानमा परेकाले आवतजावतमा कठिनाई भएको भन्दै पठनपाठन बन्द गरिएको अध्यक्ष लिङ्देनले बताए । उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन बन्द गर्न निर्देशन गरिएको छ ।
अध्यक्ष लिङ्देनले अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति सजग रहन अपील गरेका छन् ।