बैशाख २८, २०८२ आईतबार

विज्ञान तथा गणित प्रदर्शनीमा मोहनमाया प्रथम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिहीबार आयोजना गरिएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय, तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । बिजेता विद्यालयहरुले क्रमश १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथम भएका छन् । यस्तै एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय, बालकल्याण आधारभुत माध्यमिक विद्यालयका स्वास्तिका उप्रेती तृतीय र इडन गार्डेन एकाडेमी फाउण्डेसनका इश्वर उप्रेती सान्तवना बनेका छन् । विजेताहरुले क्रमश ५ हजार,४ हजार,३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गतको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सेन्टजेभियर्स स्कुलकी स्र्मण लिवाङ्ग प्रथम भए । प्रतियोगितामा न्युटन्स एजुकेशन एकाडेमीकी साल्भी सिवाकोटी द्वितीय, क्रिएटिभ इङ्गलिस एकाडेमीकी फिजा अनसारी तृतीय र मोहनमाया माध्यमिक विद्यालयका राज मल्लिक सान्तवना भएका थिए । विजेता प्रतियोगिहरुले क्रमश ५ हजार,४ हजार,३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रमका विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गरेका थिए । देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका विच विजेता सबैलाई पुरस्कार प्रदान गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनी देवी माध्यमिक विद्यालयमा बिहीबार र कविता तथा चित्रकला प्रतियोगिता न्युटन्स एजुकेशन एकाडेमीमा गत असार १३ गते आयोजना गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनीको नगरप्रमुख प्रसाई,उपप्रमुख संग्रौला, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य यामुना आचार्य, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले अवलोकन गरेका थिए ।

प्रतियोगितात्मक कार्यक्रममा नगरपालिका भित्रका सरकारी र नीजि गरि ३७ वटा विद्यालयले सहभागिता जनाएका थिए । वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]