जनताबजारमा माछापुछ्रेको शाखाहित सेवा
सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका –४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकले शाखारहित सेवा सुरु गरेको छ ।

आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गरेका हुन् । उक्त शाखाबाट बैँक खाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तथा सामाजिक सुरक्षा रकम झिक्न समेत सकिने लगायतका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने बैँकले जनाएको छ । उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।