जेष्ठ १, २०८२ बुधबार

नैतिकता त्यस्तो होस्

सम्पादकीय
नेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा गराउन देशभर आन्दोलन नै भयो । देशभरको दवाव थेग्न नसकेर उनले बुधबार राजीनामा दिए । राजश्व दर घटबढमा तेस्रो पक्षलाई मन्त्रालय छिराएको घटना र भित्रिया चलखेलको सीसी क्यामेराको फुटेज डिलेट गरेको घटनाले सरकारका मन्त्री र सरकारको नेतृत्वमा रहेको दलका नेताहरुले विरोध जनाए । कांग्रेस नेता गगन थापाले आफै राजीनामा नदिए प्रधानमन्त्रीले अर्थमन्त्री हटाउनु पर्ने अडान लिए । सत्तागठबन्धनकै तीब्र आलोचनापछि शर्माले राजीनामा दिएका हुन् ।

बिहीवार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिए । उनले आफ्नै पार्टीका सांसद र मन्त्रीहरुले राजीनामा दिएपछि उनले पनि राजीनामा दिए । प्रधानमन्त्रीले जनचहाना अनुसार काम गर्न नसकेको आरोप लगाउदै दुई मन्त्रीले राजीनामा दिए । सरकारमा रहेका आफ्नै पार्टीका मन्त्रीले आरोप लगाउने वित्तिकै राजीनामा दिए । नेपालमा आफ्नो पार्टीको प्रधानमन्त्री आरोप लगाउने कुरा यहाँ अपराध जत्तिकै मानिन्छ । त्यसको मुख्य कारण भनेको आफ्नो कुर्सीको बचाउ नै हो ।

अहिलेसम्मका सबैभन्दा धेरै विवादित अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन जनस्तरबाटै दवाव भयो । जसका कारण उनी राजीनामा दिन बाध्य भए । नैतिकता त्यतिबेला हुन्थ्यो जतिबेला उनको बारेमा विभिन्न आरोप लाग्यो । आरोप लाग्नासाथ हट्नपर्नेमा कुर्सीमै टासिरहे । नेपालमा जनताको काम गर्न सकेनसके पनि कुर्सी नछोड्ने प्रथा छ । यदि जनताको काम गर्न सकिदैन भने तत्कालै पदबाट राजीनामा गराउनुपर्छ । काम गर्न सक्नेलाई ठाउँ छोडिदिनुपर्छ । तब मात्र जनताले नैतिकता देखाएको मुल्याङकन गर्नेछन् । अहिलेको अर्थमन्त्रीको राजीनामा नैतिकताभित्र पर्दैन । नैतिकता भनेको बेलायतका मन्त्री र प्रधानमन्त्रीको कदमलाई मात्रै मान्न सकिन्छ ।

प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]