जेष्ठ ६, २०८२ सोमबार

नाबालिक बलात्कार मुद्दामा हदम्यादः १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ । 

यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ । 

प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । 

साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ । अपहरणमुक्त वा थुनामुक्त भएको तीन औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ । 

प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]