मोटरसाइकल दुर्घटनामा मृत्यु
शनिश्चरे – विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा ४२ प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फिदिम घर भइ हाल झापाको बुद्धशान्ति २ मा बसोबास गर्दै आएको मृतकका दिदीले पहिचान गरेको पनि प्रहरीले जनाएको छ । ४-५ वर्षयता उनी जयपुरमा बसाेबास गर्दै थिए ।
मृतकको अनुहारमा चोट रहेको छ । उनी दुर्घटनापछि सडकसम्म आएको अनुमान गरिएको छ । उनलाई घोप्टो परेको अवस्थामा फेला पारिएको थियो । मृतक व्यक्तिको पहिचानपछि प्रहरीले मुचुल्का तयार पारी पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको छ ।