पत्रकार राई पुरस्कृत
कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्माीनत गरेको छ । ‘हेमकला–टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक रहेका पत्रकार राई पुरस्कृत भएका हुन् ।
ग्रामीण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन गर्दै रोटरीले पत्रकार राईलाई सम्मान गरेको जनाएको छ ।

कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष साथै रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव समेत रहेका कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् ।
रोटरी एवम् रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको क्रमशः पाँचौं साथै तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा पत्रकार राईलाई दोसल्ला ओढाएर नगद १५ हजार एक सय सहित सम्मान पत्रबाट सम्मान गरिएको हो । रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको थियो ।