जेष्ठ १, २०८२ बुधबार

उत्साह दिने फुड ट्रक

सम्पादकीय
व्यापार व्यवसाय सबैको सोचे जस्तो सहज छैन । व्यापारमा ठुलो लगानी गरेपछि तत्कालै त्यसबाट आम्दानी खोजिन्छ । आम्दानीको खोजी हुनु स्वभाविक पनि हो । तर, व्यापारमा धैर्यता र मेहनतको उत्तिकै जरुरी पर्छ । व्यापार व्यवसायमा नयाँपनको पनि आवश्यक पर्छ । यदि आम उपभोक्ताले खोजेजस्तो सुविधा प्रदान गर्न सकियो भने सफलता हासिल गर्न सकिन्छ । कुनै पनि व्यवसायमा उपभोक्ताले आफु ठगिएको महसुस गर्न हुदैन । यदि उपभोक्तालाई खुशी बनाउन सकियो भने हरेक व्यवसाय सफल हुनेछ ।

झापाको बिर्तामोडदेखि पूर्व लागेपछि बुट्टाबारी आउँछ । त्यो देखि अझै पूर्व लागेपछि जंगल क्षेत्रमा दुई वटा गाडि राखेर खाजा पसल चलाइरहेको देख्न पाइन्छ । देख्न मात्र होइन, खाजा पनि पाइन्छ । सामान्य देखि आफुले चाहे जस्तो खाजा पाइने ठाउँ एउटा व्यक्तिको मेहनतबाट सफल भएको उद्यम हो । इच्छाशक्ति र धैर्यताको उपलब्धीका रुपमा लिन सकिने नाङ्लो फुड ट्रक नयाँ व्यवसाय होइन । व्यवसाय भनेको होटल नै हो । तर, फरक तरिकाबाट गरिएको छ । फुड ट्रकको फरकपनलाई धेरैले मन पराएका छन् ।

व्यापारमा लाग्ने वित्तिकै धेरै जसो लगानीकर्ताको आत्तिने अवस्था छ । आत्तिएर व्यापार हुदैन । व्यापारमा फरकपनको जरुरी पनि छ । पछिल्लो समय युवापङ्ती वैदेशिक रोजगारी मात्रै विकल्प ठानिरहेका छन् । सानो लगानी आफै गरेर स्वदेश मै स्वरोजगार बन्न सकिने वातावरण छ । नाङ्लोका सञ्चालकले पनि धेरै ठक्कर खाएकै हुन्, व्यापारमा । व्यापारको शुरुआतमा उनले गाडि डुलाउथे । गाडि राखेर व्यापार गर्न निकै कठिन थियो । तर, सबै चुनौतिको सामना गरेर बुट्टाबारी–चारआली जंगल क्षेत्रमा शान्त वातावरणमा व्यापारलाई सफल बनाइरहेका छन् । यो व्यापारले धेरैलाई स्वरोजगार बन्न उत्साह पनि प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : असार २८, २०७९ मंगलबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]