बैशाख २७, २०८२ शनिबार

झापा इनर्जीको दुई बैंकसँग लगानी सम्झौता

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माणाधिन १० मेघावाट क्षमताको सौर्य उर्जा परियोजना सम्पन्न गर्नका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको छ ।

झापा इनर्जी लिमिटेडले वि.सं. २०८० को वैशाख महिनाभित्रै विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ सञ्चालन गरिरहेको परियोजना पूर्णताका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको हो । झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईका अनुसार माछापुच्छ्रे बैंक र सिमिल बैंकसँग लगानी सम्झौता भएको हो ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा सोमबार साँझ काठमाडौंमा लगानी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा झापा इनर्जीका प्रबन्ध सञ्चालक सुभाष भट्टराई र दुईवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले हस्ताक्षर गरेका छन् ।

करिब ८० करोड रुपैयाँको सो परियोजनामा माछापुच्छ्रे बैंकको संयोजनमा ७५ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ लगानी गरिनेछ । परियोजना सम्पन्न गरी आगामी वैशाख महिनाभित्रै विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ काम भइरहको प्रबन्ध सञ्चालक भट्टराईले जनाएका छन् ।

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]