पालिकाबाटै वैदेशिक रोजगार बोर्डको सुविधा
सम्पादकीय
वैदेशिक रोजगार बोर्डको नयाँ सफ्टवेयरका कारण आम नागरिकलाई सुविधा हुने निश्चित भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुनै दुर्घटना भएमा परिवारले हदैसम्मको कठिनाई व्यहोर्नुपर्ने हुन्थ्यो । कामको शिलशिलामा मृत्यु भएमा शव ल्याउनै मुस्किल हुने अवस्था थियो । विदेशमा काम गर्ने व्यक्ति र परिवारबिच बोर्डले समन्वय गर्न नयाँ सफ्टवेयर प्रभावकारी हुने विश्वास छ । विदेशमा मृत्यु भएका व्यक्तिको श्रम स्वीकृति भएको खण्डमा शवलाई घरसम्मै ल्याउने देखि आर्थिक सहायताका लागि सबै काम अब स्थानीय तहबाटै हुने भएको छ । बोर्डको यो कामले वैदेशिक रोजगारीमा गएका परिवारलाई पनि राहत मिलेको छ ।
कामको शिलशिलामा होस् वा अन्य कुनै पनि हिसावले दुर्घटना नहोस् । सबै सकुसल नै घर फर्किउन भन्ने चहाना सबै परिवारको हुन्छ । तर, दुर्घटना भएको खण्डमा अब पालिकाले नै सबै प्रक्रिया अघि बढाउने छ । यस्तै, वैदेशिक रोजगारीमा जाने व्यक्तिका परिवारका सदस्यहरुले पाउने सुविधाका लागि पनि पालिका आफैले समन्वय गर्नेछ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारले स्वास्थ्य कार्यक्रममा सहभागी हुन पाउने छन् । यस्तै, छात्रवृत्ति कार्यक्रम पनि छ । त्यसमा पनि सहभागी हुनलाई पालिकाले नै सहयोग गर्ने छ ।
दुर्घटनावस विदेशमा मृत्यु भएको खण्डमा शव नेपालसम्म ल्याउन कठिनाई हुने गरेको छ । विदेशमा कामको शिलशिलामा ज्यान गएमा पाउने आर्थिक सहायता र बीमा रकम पाउन लिन त्यति सहज भएको पाइदैन । तर, बोर्ड आफैले समन्वय गरेर आम नागरिकको दुखमा सहयोग पुग्ने गरी विकास गरेको सफ्टवेयर प्रभावकारी होस्, उपलब्धीपूर्ण होस् । रह्यो कुरा, सुरक्षित वैदेशिक रोजगारीको । सर्वप्रथम स्वदेशमै रोजगारीको वातावरण निर्माण गरौं । सानै लगानी गरेर भए पनि कृषि कर्म वा अन्य आर्थिक उपार्जनका लागि काम गरौं । अन्तिममा वैदेशिक रोजगार नै अंगाल्नु परेमा सुरक्षित ढंगबाट प्रक्रिया पुरा गरौं ।