जेष्ठ १, २०८२ बुधबार

वैदेशिक रोजगारीमा अवैध धन्दा रोकौं

सम्पादकीय
झापाको बिर्तामोडमा रहेको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले अवैध रुपमा वैदेशिक रोजगारीको काम गरिरहेको छ । भर्खरै भएको एउटा घटनाका कारण अवैध काम बाहिर सार्वजनिक भयो । गुपचुप रुपमा कति काम भएका होलान । सेक्युरिटी गार्डलाई तालिम दिने उद्देश्यले स्थापना गरिएको सो कम्पनीले आफै वैदेशिक रोजगारीमा पठाउने कुरा वैध होइन । उनीहरुले एक किशोरीमाथि जालझेल गरे । किशोरी विदेश उढ्नै पाइनन् । बरु, उनले काठमाडौं पुराउन जाने बुबाको शव लिएर आइन् । ज्ञानेन्द्रको अवैध कामका कारण उनीहरुले धेरै दुख पाए । यदि कसैले त्यहाँबाट वैदेशिक रोजगारीको लागि काम गरिरहेको छ भने त्यसबाट सुरक्षित हुन आवश्यक छ ।

एउटा काम गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी मार्फत अर्को काम गर्नु कानुनी रुपमा पनि बेठिक छ । पीडित किशोरीको परिवारलाई बुझिलिएको रकममा केहि रकम घटाएर फिर्ता दिए । मानवीय रुपमा पनि यहि कामको समयमा ठुलो क्षति भयो । पारिवारिक तनाव छदैछ । त्यहि माथि पीडितमाथि जाइलाग्ने काम वाञ्छनीय छैन । यसैले अवैध रुपमा काम गर्ने सो कम्पनीलाई सरोकारवालाले कारबाहीको दायरामा ल्याउन जरुरी छ । सेक्युरिटीको काम गर्ने अन्य संस्थाले पनि यस प्रकारका अवैध काम गर्ने कम्पनीलाई कानुनी दायरमा ल्याउन आवश्यक छ ।

यस्ता संस्थाका कारण राम्रो काम गर्नेहरु बद्नाम भोगिरहेका छन् । वेथिती बढिरहेकै छ । वैदेशिक रोजगारको क्षेत्र संवेदनशिल छ । जोखिम हुँदाहँदै कतिपय व्यक्तिहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । कतिले त्यसका बारेमा सामान्य जानकारी समेत नलिई रोजगारीमा जाँदा विभिन्न समस्याहरु झेल्नु परेको छ । विगतमा भन्दा अहिले रोजगारीमा पठाउने मेनपावरमा सुधार छ । त्यै पनि पूर्ण रुपमा सुधार आइसकेको छैन । सरकारले यसको सुधारमा व्यापक प्रयत्न गरिरहेकै छ । तर, पनि व्यवस्थित र सुरक्षित बनाउन सकेको छैन । मुख्य गरी जाने व्यक्तिहरुको बाध्यतामाथि मेनपावर कम्पनीहरुले फाइदा उठाइरहेका छन् । अब, यस प्रकारका कम्पनीलाई जिम्मेवार बनाउन सरकारी निकायले कदम चाल्नैपर्छ । र, बिर्तामोडमा सञ्चालित मेनपावरहरुको अनुगमन पनि गर्न जरुरी छ ।

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]