बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोडमा ढुङगाना पक्राउ
बिर्तामोड । बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोड– ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

उच्च अदालत विराटनगर इलाम इजलासको ०७८ चैत १६ गतेको पैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा फरार रहेका ढुङ्गानालाई फैसला कार्यन्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झापा प्रहरीका अनुसार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएको र अदालतको आदेशले ढुङ्गानालाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ । प्रहरीका अनुसार पीसीआर परीक्षणपछि कारागार चलान गरिनेछ ।
ढुङ्गानालाई एक महिना कैद र २८ लाख २२ हजार जरिवाना तोकिएको छ ।