बिर्तामोडको सडकपेटीबाट बिरामी महिलाको उद्दार
बिर्तामोड । झापाको बिर्तामोडस्थित सुजुकी सोरुम नजिकै राजमार्ग छेउमा बिरामी भएर अलपत्र अवस्थामा रहेकी एक महिलाको उद्दार गरिएको छ ।

अर्जुनधाराको सालवारी घर बताउने अन्दाजी ४५ वर्षीय देवी चौधरीको उद्दार गरिएको हो । उनलाई उपचारको लागि प्रदेश सांसद जसमाया गजमेर,विर्तामोड उधोग वाणिज्य संघका महासंघका महासचिव अर्जुनकुमार मैनाली,बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई र ईलाका प्रहरी कार्यालय अनारमनीको रोहवरमा मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ ।
उनलाई बिर्तामोड नगरपालिकाको एम्वुलेन्समा राखेर अस्पताल पठाईएको हो ।
विगत ५ वर्षदेखि एक भारतीय नागरिकसंग सडक पेटीमा वसेर कवाडी सामग्री बटुलेर जिविकोपार्जन गर्दै आएकी चौधरी विरामी परेर केहि दिन देखि थलिएको स्थानीयले बताएका छन् ।
