सय जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिँदै डाउन टाउन युनिभर्सिटी
बिर्तामोड । भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नेपालका लागि पार्टनर रहेको लक्ष्मी एजुकेशन कन्सल्टेन्सीले सो कार्यक्रम बारे आज बिर्तामोडका पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको लक्ष्मी एजुकेशन कन्सल्टेन्सीका सीइओ शंकर भट्टराईले जानकारी दिए ।
नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको लागि श्रावण ११ गतेसम्म दर्ता हुनुपर्ने हुन्छ भने अनलाइन परीक्षा श्रावण १३ को लागि तोकिएको छ । https://adtu.in/scholarship/ बाट विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

अहिले उक्त युनिभर्सिटीमा नेपाल, भुटान र बङ्गलादेशका सयौँ विद्यार्थीहरू अध्ययनरत छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत, शीर्ष १०० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उक्त छात्रवृत्ति विद्यार्थीहरूको पाठ्यक्रम पूरा नभएसम्मका लागि जारी रहन्छ ।
छोटो अवधिमा, यस युनिभर्सिटीले विभिन्न विषयहरूमा पिएचडी प्रदान गर्दै, शिक्षा र अनुसन्धानको अग्रणी केन्द्रको रूपमा उभिएको छ। भारतका विभिन्न राज्य लगायत नेपाल, भुटान, बङ्गलादेश, नाइजेरिया र रुवाण्डा लगायतका विद्यार्थीहरूले पनि उच्च अध्ययनका लागि यस विश्वविद्यालय रोज्ने गरेका छन्।
विश्वविद्यालयले वार्षिक रूपमा रोजगार मेला समेत आयोजना गर्ने गरेको छ । उक्त मेलामा नाम चलेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागी हुन्छ ।
भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो ।
भट्टराईका अनुसार नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको लागि श्रावण ११ गतेसम्म दर्ता हुनुपर्ने हुन्छ भने अनलाइन परीक्षा श्रावण १३ को लागि तोकिएको छ । https://adtu.in/scholarship/ बाट विद्यार्थीहरूले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।
अहिले उक्त युनिभर्सिटीमा नेपाल, भुटान र बङ्गलादेशका सयौँ विद्यार्थीहरू अध्ययनरत छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत, शीर्ष १०० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने उक्त छात्रवृत्ति विद्यार्थीहरूको पाठ्यक्रम पूरा नभएसम्मका लागि जारी रहन्छ । छोटो अवधिमा, यस युनिभर्सिटीले विभिन्न विषयहरूमा पिएचडी प्रदान गर्दै, शिक्षा र अनुसन्धानको अग्रणी केन्द्रको रूपमा उभिएको छ। भारतका विभिन्न राज्य लगायत नेपाल, भुटान, बङ्गलादेश, नाइजेरिया र रुवाण्डा लगायतका विद्यार्थीहरूले पनि उच्च अध्ययनका लागि यस विश्वविद्यालय रोज्ने गरेका छन्।
विश्वविद्यालयले वार्षिक रूपमा रोजगार मेला समेत आयोजना गर्ने गरेको छ । उक्त मेलामा नाम चलेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागी हुन्छ ।