सवारी कारवाहीबाट झापा ट्राफिकले उठायो ३ करोड ३८ लाख राजश्व
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष ०७८-७९ मा ३ करोड ३८ लाख २९ हजार राजश्व संकलन गरेको छ ।
सवारी कारवाहीबाट ट्राफिकले अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ३० लाख कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा झापा ट्राफिकले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
४७ हजार ९ सय सवारी कारवाहीबाट ट्राफिकले उक्त राजश्व संकलन गरेको हो । सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट १ करोड २५ लाख ६३ हजार राजश्व संकलन गरेको छ । ट्रक कारबाहीबाट ९६ लाख ६१ हजार ५ सय, बस कारबाहीबाट १३ लाख २५ हजार , कारजिप कारबाहीबाट ४३ लाख ९२ हजार , ट्याक्टर कारबाहीबाट २५ लाख ६८ हजार ५ सय, टेम्पो र अन्य गरी ३३ लाख १९ हजार राजश्व संकलन भएको झापा ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।