जेष्ठ ७, २०८२ मंगलबार

स्वास्थ्य बीमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ ।

देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो ।

वर्तमान सरकारले २०७९-०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने उल्लेख गरेको छ । साथै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भन्ने व्यवस्था पनि गरिएपछि बिभिन्न अस्पतालले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको घोषणा गरेका छन् ।

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

उनले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न सरकारसँग माग गरेका छन् । साथै बजेट वक्तव्यमार्फत् आएको नीति फिर्ता लिन ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित मिति : श्रावण ४, २०७९ बुधबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]