जेष्ठ ७, २०८२ मंगलबार

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

नयाँदिल्ली – भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् । 

सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।

प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]