जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोडको प्रवक्तामा पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अग्निप्रसाद पाण्डेलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ । पाण्डे यसअघिको कार्यकालमा पनि प्रवक्ताको जिम्मेवारीमा थिए । उनी वडा नं. १ को वडाध्यक्ष समेत हुन् ।

आज बसेको कार्यपालिका बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षमा बसेको बैठकले पाण्डेलाई दोस्रो पटक सो जिम्मेवारी प्रदान गरेको छ । पाण्डेले बैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार बलराम कार्कीलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार  १२ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]